Showing posts with label My Gazals. Show all posts
Showing posts with label My Gazals. Show all posts

भगवानले के-के दिन्छ हेरि रहेछु

Monday, January 13, 2014

भगवानले के-के दिन्छ हेरि रहेछु
कित मेरै खुशि छिन्छ हेरि रहेछु
Ramesh Kshitij Baral


बजारमा आफ्नै मुटु पसल थापि बसे
लौन अब कस्ले किन्छ हेरि रहेछु

निको नहुने चोट दिएकिछ निष्ठुरिले
यो कैले सम्म बल्झिन्छ हेरि रहेछु

अरे तिम्रो त्यो मन सामान पो रहेछ
खै के-के सँग साटिन्छ हेरि रहेछु

यो अभागि खप्पर न हो ठोक्कि रहन्छ
र कति पल्ट पिल्सिन्छ हेरि रहेछु 

पराया बस्ति बाट
रमेश क्षितिज बराल

Continue Reading | comments

गजल-घुम्टो भित्र सजियको अधरले मार्यो

Friday, November 8, 2013

घुम्टो भित्र सजियको अधरले मार्यो
लुकि-लुकि चिहाउने नजरले मार्यो 

मार्यो मलाइ बैँसले कि पिरतिले मार्यो 
जवानिमा घोलिएको जहरले मार्यो

मेरो जस्तै छट्पटिमा रात काट्दै उन्ले
मेरो राजा भेट्न आउ खबरले मार्यो

सपनाको पोको बोकि गाँउ बेँसि छोडि
भाग्य खोज्दै पसेको यो सहरले मार्यो

किनारामै उभिएनि प्यासि छु म प्यासि
मलाइ मार्या नदिलेकि बगरले मार्यो

रमेश क्षितिज बराल
पराया बस्ति देखि
Continue Reading | comments
Powered by Blogger.