गजल-घुम्टो भित्र सजियको अधरले मार्यो
Friday, November 8, 2013
घुम्टो भित्र सजियको अधरले मार्योलुकि-लुकि चिहाउने नजरले मार्यो
मार्यो मलाइ बैँसले कि पिरतिले मार्यो
जवानिमा घोलिएको जहरले मार्यो
मेरो जस्तै छट्पटिमा रात काट्दै उन्ले
मेरो राजा भेट्न आउ खबरले मार्यो
सपनाको पोको बोकि गाँउ बेँसि छोडि
भाग्य खोज्दै पसेको यो सहरले मार्यो
किनारामै उभिएनि प्यासि छु म प्यासि
मलाइ मार्या नदिलेकि बगरले मार्यो
रमेश क्षितिज बराल
पराया बस्ति देखि
Labels:
My Gazals
Subscribe to:
Posts
(
Atom
)